लेखिका निर्मलाको उपन्यास ‘नानी’ एक विद्रोह चेत

post-advert

नारायण गिरी

काठमाडौं । जीवन् र जगतको रागात्मक ललित अभिव्यक्ति साहित्य हो । साहित्यका चार वटा विधा रहेका छन्, १) निवन्ध, २) आख्यान ३) नाटक र ४) कविता । नव उदयमान लेखिका निर्मला बी.एम.ले नेपाली साहित्यमा अन्य विधाको बाढी आईरहेको बेलामा दोश्रो विधाका माध्यामबाट सामाजिक चरम बेथितीको चेतपुर्ण जीवन्त विद्रोहको ‘नानी’ उपन्यासमा उद्घोष गरीएको छ ।

लेखिकाको पहिलो कृति ‘नानी’ नेपाली सहित्यमा क्रान्तिकारी एवं विद्रोही भावनाको अभिव्यक्ति दिने, सोच र परिवर्तनका प्रेरक, स्वतन्त्रता–भातृत्व र मानवताको उद्घोष गर्ने थोरै कृति लेखेर पनि गहिरो छाप छोड्ने क्रान्तिकारी सहित्यकार गोपाल प्रसाद रिमालसंग प्रत्यक्ष र अप्रत्यक्षरुपमा छोईन पुगेको अनुभुत भयो ।

भनिन्छ उपन्यासमा मानव चरित्रमाथि प्रकास पारिन्छ, त्यसको रहस्य उजागर गरिन्छ त्यो नै मुल तत्व हो वा समयको तस्विर हो । लेखिकाले ‘नानी’ मार्फत करिव ४ दशक अगाडीको सामाजिक परिबेशमा जोड दिए पनि घटनाका रुपहरु बद्लिएका होलान् यद्यपी वर्तमान अवस्थामा पनि नारी माथिको थिचो मिचो र अन्याय अत्याचारको संस्कार त्यो भन्दा कम छैन भन्ने शन्देश सहित स्वाभिमानको लागि नारीहरुले विद्रोहको घण्टी अझै बजाउन सक्ने जनाउ दिएकी छन् ।

आर्कषक डिजाईनमा सजित एक सय बाउन्न पेज रहेको यो उपन्यास पढ्न सुरु गरे पछि नसकिउन्जेल आत्माले सुःख पाउदैन । सिंगो उपन्यास संस्मरणमा आधारीत छ भने ‘नानी’ को वरीपरी सबै पात्र आत्मलाभ र स्वार्थपुर्तिको लागि घुमिरहेका पाईन्छन् । यद्यपी काकाबाको ‘नानी’ प्रतिको स्नेह निस्वार्थ र सन्तानको तृप्तीमा अडेको छ ।

छ वटा छोराको बाबु भैसकेको भक्तिरामले नेपाली समाजमा छोरी दोश्रो दर्जाको जनीदा पनि छोरीको असाध्यै रहर गरेर अन्तीम सन्तान छोरी जन्मीने भन्दै भड्कलो दाइजो दिनलाई धन कमाउन गर्भवती श्रीमती छोडेर इण्डिया जाने अव्यवहारीक र अभागि पात्र हो । ‘नानी’ की आमा मनकला सोझी मात्रै हैनन् हरेकले सजिलै उपयोग गर्ने, अत्यन्तै रुढीवादी, पुरुषबादी चिन्तन भएकी, सन्तानलाई निकै माया गर्ने अन्तीम अवस्थामा परिवर्तनलाई स्वीकार गर्ने यथास्थतीवादी पात्र हुन् ।

तेश्रो पक्षका विषयवस्तु टपक्कै टिपेर संस्मरणात्मक शैलीमा विविध पात्र मार्फत पस्कीदा केही बान्कीहरु उधारेर नविन शैलीमा पस्कीन सफल यो उपन्यसमा सानाबा र ‘नानी’ को द्वन्द निकै रोचक र घोचक रहेको छ ।

सात कक्षा पुग्न वित्तिकै अबोध बालीकालाई पढेर के काम छ ? अन्तमा उहि चुलो चौको हो भन्दै त्यसमा पनि टुहुराको अभिभावक दावि गर्ने सानाबा दिनै पच्छिे आफु अनुकुलका केटा खोज्ने आमासंग प्रमुख सल्लाहकारको भुमिकामा रहेको र ‘नानी’ को बिहेमा मात्रै आफु र समाजको कल्याण देख्छ । ‘नानी’ को हातबाट कुटाई समेत खाने, बाल श्रमषोशण गर्ने र अभिभावकीय ध्वास दिने खराव रुढीबादी पात्र हो सानाबा ।

ठुली आमा, भिमराज, काईलाबा, भाउजु, दाईहरु, लगायत थुप्रै पात्रहरु यस उपन्यासको बिच भागमा देखिए पनि खासै उनीहरुको भुमिका निर्णायक देखिदैन । जवरजस्ती विहे गरी दिने डरले ३ दिन सम्म जंगलमा भोकै बसेको, केटाहरुको समुहलाई नानीले एक्लै कुटरै लखेटेको र पछि नाच गानमा उनैले गित गाएको भएपनी केही केटाले मादल नै बजाउन छाडेको, त्यस्ता कार्य गर्दा युद्ध जितेको अनुभुति हुने गरेको अस्वभाविक लाग्ने चर्चा गरीएको पाईन्छ ।

अलच्छिना ‘नानी’ हैन समाजिक कुसंस्कार रहेको प्रमाणित गर्न खोजिएको यस उपन्यासमा नानी सानाबा लाई आक्रमण गर्ने उग्र घमण्डी र हक्की स्वभाव रहेकी ज्युडालले डरै लाग्ने चित्रण गरीएको छ । एकातिर उसले समाजिक बन्धन तोड्नकोलागि बिद्रोहको ज्वार दन्काएकी छ भने अर्को तिर समाजले श्रीमती वंश चलाउन मात्र हुन भन्ने धारणको शशक्त प्रतिरोध गर्दा गर्दै पनि विवाह नारीको समाप्ती की प्राप्ती भन्ने दुबिधाको बाटो खन्दै पुरुषार्थको विपक्षमा विरोधाभासपुर्ण तवरले बा,आमा बन्नुका विवसता र सन्तान प्रतिको मोह प्रकट गर्न खोजिएको छ ।

‘नानी’ मा नानीको पुर्व संघर्षको गाथा र हण्डर समेटिए पनि उत्तराद्र्धमा नानी कसरी दश कक्षा पछि अध्ययन गरी वा समाजशास्त्रमा मास्टर गरी । उस्को विहे को संग भयो ? कसरी भयो ? उसको संघर्षको परिणाम वर्तमान अवस्था हो या उही रुढीबादी संस्कारकी सिकार उ भएकी हो पुस्ट्याई गर्नमा लेखिका चुकेकी छन् । यद्यपी आमाको देहान्त पक्ष, नानीको दाई भाईहरुको भुमिका र राजनैतिक परिवर्तनले समाजमा पारेको प्रभाबारे उपन्यसमा मौन बसेको छ ।

लेखिकाले उपन्यासमा सल्यानको तिलिचा गा.वि.स. स्वास्थ्यकर्मीको हिसावले काम गर्दाको सन्र्दभ जोडे पनि ३५ साल देखीको घटनाक्रम कतै कतै म पात्र मार्फत केही आफ्ना भाव प्रकट गरेको पाईन्छ । आवश्यता परेमा पात्र थपेर संयोगान्तमा सन्देशमुलक तवरले यो उपन्यास टुंगाउन सकिन्थ्यो तर उनले उही परिवेशमा, उही ठाउमा चियाको चुस्की संगै रहश्यमय तवरले पाठकलाई कौतुहलता जगाउदै विषयवस्तुको अन्त्य गरीएको छ ।

यद्यपी पहिलो लेखनमै यति दमदार, शशक्त विद्रोहको चेत भएको यो उपन्यासले नेपाली समाजमा नारी स्वतन्त्रता, शशक्तिकरणको थप आवश्यकता औल्याएको छ भने ढोगी पुरुषप्रधान समाजलाई सामाजिक न्यायको बाटोमा हिड्ने प्रेरणा संगै बालबिवाह, बाल श्रमशोषण नगर्न खबरदारी गर्न सफल रहेको छ ।

उपन्यसले अन्य थुप्रै विषयवस्तु उठान गरेको छ, शिक्षा, यौन अधिकार, मानवअधिकार र कर्तव्य बोध पनि । उपन्यासकार निर्मला बी.एम. आफै पनि थुप्रै चुनौतिलाई चिर्दै यहा सम्म पुगेको अनुभुति सहित आगामी लेखनमा निखारता, उत्कृष्ठता संगै निरन्ता पावस शुभकामना ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...
    सम्बन्धित शीर्षकहरु