सिते बाले देशव्यापी खुला व्याडमिन्टन प्रतियोगिता गर्ने

काठमाडौं, २९ भदौ । कलाकारितासगैं खेलमा पनि उतिनै रुचि भएका हाँस्य टेलिशिङखला भद्रगोलका कलाकार मधुसुधन पाठक (सिते बा) द्वारा सञ्चालित जेष्ट व्याडमिन्टन एकेडेमिले असोज ३ गते देखि ६ गते सम्म तेस्रो देशव्यापि खुला व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एकेडेमिले २०७३ र २०७४ मा पहिलो र दोस्रो देशव्यापि खुला व्याडमिन्टन प्रतियोगिता आयोजना गरिसकेको छ । कार्यक्रम उदघाटन असोज ३ गते धुमुर्स सुन्तलिको प्रमुख आतिथ्यमा हुने भएको छ भने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, नेपाल व्याडमिन्टन संघका अध्यक्ष रामजि बहादुर श्रेष्ठ लगायतको कार्यक्रममा उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, १५ बर्ष मुनिका वालवालिकाहरुको प्रतिस्पर्धामा मास्टर ३५, मास्टर ४५ , मिक्स डबल र पुरुष डबल रहेने कलाकार पाठकलाई उदृत गर्दै सञ्चारकर्मी किशोर निरौलाले जानकारी दिनुभयो ।

आयोजकले व्याडमिन्टन खेलाडिहरुलाई कार्यक्रममा सहभागि हुन अपिल समेत गरेको छ । खेल क्षेत्रमा निकै रुचि भएका सिते बा प्रतियोगिताले खेलाडिहरुममा खेलभावना जाग्रित गराउनमा सफल हुने कुरामा विश्वास व्यक्त गरे ।

खेल खेल्नु स्वास्थ्यको निम्ती र राष्ट्रको लागि पनि फाइदा रहेकाले मुख्य गरी खेल खेल्नु पर्छ भन्ने भावनाको बिकास गर्नु प्रतियोगिताको मुख्य उदेश्य रहेको पाठकले बताएका छन ।

आफु कलाकारमात्र नभएर एक खेल प्रेमि समेत रहेको ले कलाकारिता सँगै खेल क्षेत्रमा समेत नतिजा उन्नमुख काम गर्न लागि परेको उनको भनाई थियो ।

कार्यक्रम एकेडेमिमकै कबड हल बसुन्धरा काठमाण्डौमा सञ्चालन हुने छ । एकेडेमिले व्याडमिन्टन खेलमा रुचिभएका बिद्यार्थी तथा अन्य इच्छुक व्यतिmहरुलाई सशुल्क तालिम व्याडमिन्टनका राष्ट्रिय प्रशिक्षक सुदिप योन्जनबाट समेत प्रदान गर्दै आएकोछ ।

 

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...