चिनी उत्पादक संघका अध्यक्ष अग्रवालले मातृका यादवलाई पारे फन्दामा, मोटो रकम लेनदेनमा यसरी फसे मन्त्री

असोज २१, काठमाण्डौ । पछिल्लो समय चिनीको मूल्यको विषयले विवाद उत्पन्न भएको छ ।
चाडपर्वका बेला चिनीको मूल्यवृद्धि र अभाव चुलिएपछि उद्योगमन्त्री मातृका यादवसमेत मुछिएका छन् ।

चिनीको बजारमा चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालले पहिलेदेखि नै हस्तक्षेप गर्दै आएका छन् । उनै अर्यालको भूमरीमा मन्त्री यादव परेका छन् । यादवले चिनी उत्पादकहरुको अनुकुल हुने गरी चिनीको मूल्य र बजारमा हस्तक्षेप गर्दै आएका छन् ।

अग्रवालले मन्त्रीलाई आफ्नो प्रभावमा पारेर चिनीको उत्पादन, मूल्य निर्धारण र आयातसम्ममा मनोमानी गर्दै आएका छन् । यसपटक पनि मन्त्री यादवलाई विभिन्न प्रलाभन देखाएर उनले चिनीको मूल्य निर्धारणमा हस्तक्षेप गरेको बताइएको छ ।
अग्रवालले मन्त्री यादवलाई मोटो रकम खुवाएर आफ्नो योजना सफल बनाउन लागिपरेको बताइएको छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...