बम दिदीबहिनी अनुसन्धानको दायराभित्रै छन् : प्रवक्ता शैलेश थापा

शैलेश थापा, प्रवक्ता, नेपाल प्रहरी
निर्मला पन्तको बलात्कार हत्या प्रकरण अझै टुङ्गो लागेको छैन । अनुसन्धानका क्रममा प्रहरीले नै गल्ती गरेको आरोप लागेको छ । यसै विषयमा केन्द्रित भएर ऋषि धमलाले नेपाल प्रहरीका प्रवक्ता शैलेश थापासँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

निर्मला हत्या प्रकरणका दोषी कहिले पक्राउ पर्छन् ?
अभियुक्त पक्राउ गर्नका लागि उपलब्ध स्रोत साधन र विज्ञहरुको सहयोगमा अनुसन्धान गरिरहेका छौँ । अभियुक्त पत्ता लगाउने कुराको कुनै समयसिमा तोक्न सकिदैन । निकट भविष्यमा नै कुनै न कुनै ब्रेक थ्रु हुने आशा छ ।

प्रतिवेदन आएपछि अनुसन्धान कसरी भइरहेको छ ?
अनुसन्धानका लागि धेरै पाटाहरु हुन्छन् । घटनास्थल, साक्षी, शव परिक्षण लगायतका सबै कोणबाट अनुसन्धान भइरहेको छ । प्रतिवेदनलाई पनि आधार मानेर अनुसन्धान हुन्छ । एउटा निष्कर्षमा पुग्छौँ भन्ने विश्वास छ ।

डिएनए परिक्षणले उपलब्धि भएन । यसले अनुसन्धानमा थप जटिलता ल्याएको हो ?
प्रमाणका आधारहरु अरु पनि छन् । समष्टीगत रुपमा घटनास्थल नै अनुसन्धानको प्रमुख आधार हो । शव परिक्षण रिपोर्ट पनि छ । मुचुल्काहरु पनि छन् । त्यहाँ उपलब्ध मानिसहरुको बयान पनि छ । डिएनए डेप्लभ भएको म्याच नभैसकेको एउटा सुरक्षित वैज्ञानिक सबुत प्रमाण पनि छ ।

दोषी हुन कि भनेर आशंका गरिएको एसपी डिल्लीराज विष्टको बारेमा के भन्नुहुन्छ ?
घटना भइसकेपछि छानविनका क्रममा लापरबाही गर्ने सबै प्रहरीमाथि अनुसन्धान भइरहेको छ । यस घटनामा सुरुदेखि नै प्रहरीकै लापरबाही भएको स्पष्ट भइसकेको छ । हामीले यो कुरा स्विकार गरेका छौँ ।

प्रहरीले कुन काममा लापरबाही गरेको हो ?
घटनास्थललाई जे जसरी सुरक्षित राख्नुपथ्र्यो, घटनास्थलबाट जे जसरी सबुत प्रमाण संकलन गर्नुपथ्र्यो त्यो गरेको पाइएन ।

नेपाल प्रहरीले नै बलात्कारी बचाउन खोज्यो भन्ने आरोप लाग्न थालेको छ । तपाई के भन्नुहुन्छ ?
अहिलेको अवस्थामा हामी यस्ता तर्कहरुलाई पनि सम्मान गर्छौँ । तर नेपाल प्रहरी बलात्कारीलाई बचाउन होइन, पक्राउ गर्न लागिपरेको छ । आशंका लागेकाले केही प्रहरीहरुलाई निलम्बन गरेका छौँ । हतारमा कारबाही गरिहाल्नु पनि हुँदैन । पछि पछुताउनुपर्ने अवस्था आउन सक्छ । हामी अनुसन्धानका आधारमा जोसुकै दोषी भए पनि कारबाही गर्छौँ ।

निर्मला प्रकरणमा बम दिदीबहिनीको संलग्नताको आशंका गरिएको छ । उनीहरुमाथि किन अनुसन्धान भएन ?
उहाँहरुलाई आवश्यकता अनुसार केरकार गरेका छौँ । उहाँहरु अहिले पनि अनुसन्धानको दायराभित्रै हुनुहुन्छ । थप अनुसन्धान गर्नुपर्यो भने कञ्चनपुर प्रहरीले गर्छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...