बामदेव गौतमसँग रामचन्द्र पौडेल चुनाव लड्ने, कसले मार्ला बाजी ?

काठमाडौं, २३ असोज । काठमाडौं–७ का निर्वाचित सांसद रामबिर मानन्धरले राजिनामा दिएसँगै अब नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतमको सांसद बन्ने चाहना पुरा हुने करिब निश्चित छ ।

तर, उप-निर्वाचनमार्फत सांसद बन्ने गौतमको चाहना सजिलै पूरा नहुने निश्चत भएको छ। प्रतिपक्षी दलले बामदेवलाई हराउनेगरि हेभ्भी वेटका उम्मेद्धवार उठाउन छलफल गरिसकेको छ ।

सांसद मानन्धरले गौतमका लागि सिट खाली गर्न हिजै आफ्नो सहमती जनाएका थिए । सोमबार बसेको नेकपाको सचिवालय बैठकमा गौतमलाई काठमाडौँबाट उपनिर्वाचनमार्फत् संसदमा भित्र्याउने विषयमा छलफल भएको थियो ।

सांसद मानन्धरले दिएको राजीनामा पत्र सचिवालयमा छलफल भएको थियो । नेता गौतमलाई सांसद बनाउने विषयमा सचिवालयका अधिकांश नेताहरुको सहमति थियो ।

यता बामदेव चुनाव लड्ने निश्चित भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता अर्जुननरसिंह केसीमध्ये एक लड्ने सम्भावना छ । पौडेल र केसी दुवै उक्त क्षेत्रमा बस्छन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...