आज घटस्थापना, दशैघरमा राखियो जमरा–फोटोफिचर

काठमाडौँ । आज आश्विन शुक्ल प्रतिपदा अर्थात विजयादशमीको पहिलो दिन । घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आजकै दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ । कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ ।

माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको किम्बदन्ति रहिआएको छ ।घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखीएको छ । आजबाटै देबी महाकाली,महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ।

आज बिहानको उत्तम साइतमा हनुमानढोकाको दशैंघरमा घटस्थापना गरी जमरा राखिएको ।नौ दिनसम्म पुजापाठ गरि उमारिएको जमरा दशौदिन अर्थात विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने प्रचलन रहिआएको छ।तस्विरः मुकुन्द कालीकोटे

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...