‘छक्का पञ्जा-३’ हेरेपछि दर्शकले आक्रोशित हुँदै भने : ‘अभिनय र विषयवस्तु दुवै हल्का’

काठमाडौं, २४ असोज । यो बर्षकै प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ आजबाट प्रदर्शनमा आएको छ । दशैंको छेको पारेर यो चलचित्र आज घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको हो । तर, चलचित्र हेरेपछि आम दर्शकले भने यो चलचित्रको विषयवस्तु र कलाकारको अभिनयपनि हल्का भएको प्रतिक्रिया दिएका छन् ।

‘छक्का पन्जा’ सिरिजका दुई चलचित्रको सफलता पछि अहिले ‘छक्का पन्जा ३’ ल्याइएको हो । फिल्म सफल हुने निर्माण पक्षको दाबी थियो । तर, आम दर्शकले भने अघिल्ला दुई श्रृंखलाले बक्सअफिसमा सर्वा्धिक ब्यवसायको रेकर्ड अब बनाउन नसक्ने दाबी गरेका छन् ।

दर्शकहरुले प्रतिक्रिया दिँदै भनेका छन्,‘फिल्मको अभिनयपनि छैन, हल्का फुल्का विषयमा फिल्म बनेकोमा हामी अन्तुष्ट र आक्रोशित छौं ।’
‘छक्का पञ्जा ३’ ले नेपाली दर्शकहरुको मन जित्न नसक्ने बुझिएको छ । सिण्डिकेटका साथ आएरपनि चलचित्रले राम्रो नगरेको दर्शकको मिश्रित प्रतिक्रिया छ । उता ‘छक्का पञ्जा ३’ले पनि रेकर्ड बनाउने निर्माण युनिटले दाबी गरेको छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...