सरकारलाई छठ मनाउन दिन्छौँ, त्यसपछि समर्थन फिर्ता गर्छौँ : कर्ण

असोज २५, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले छठसम्म आफूहरुले भनेअनुसारका माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् ।

अहिलेको सरकारले कामभन्दा पनि भाषण बढि गरेको आरोप लगाउँदै कर्णले तोकिएको समयसिमाभित्र माग पूरा गराउन सरकारसँग माग पनि गरे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कर्णले संविधान संशोधन र मुद्धा फिर्ता लिने काम तत्काल गर्न सरकारसँग माग गरे ।

मधेशी, जनजाती र उत्पिढित वर्गलाई गुलामी राखेर देशको विकास हुन नसक्ने भन्दै कर्णले संविधान संशोधन अपरिहार्य रहेको जिकिर गरे ।

राज्यले मधेशी जनतामाथि शोषण र अन्याय गरेको आरोप लगाउँदै कर्णले सबै जनताको अधिकार प्राप्त नभएसम्म देश विकास नहुने बताए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...