२७ गते अमेरिकाको भर्जिनियामा दशैँ विशेष कार्यक्रम गरिँदै, राष्ट्रिय कलाकारहरु पनि जाने

असोज २५, अमेरिका । चाडपर्व नजिकिएसँगै विदेशमा रहेका नेपालीहरुले विभिन्न सांगितिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्ने क्रम बढेको छ ।

वडा दशैंको अवसरमा अमेरिकाको भर्जिनियामा के सी डान्स सेन्टरले शुभकामना आदान प्रदान तथा विशेष सांस्कृतिक कार्यक्रम कलिउड नाइट २०१८ आयोजना गर्ने भएको छ ।

आउँदो सनिबार असोज २७ अर्थात् अक्टुबर १३ तारिख हुने उक्त कार्यक्रममा अभिनेता सरोज खनाल, किरण प्रताप केसी, रिमा केसी लगायतका कलाकारको उपस्थिती रहनेछ ।

कार्यक्रमा नाटक तथा गायक गायिकाहरुको प्रस्तुति रहने छ ।

आयोजक समुहका सदस्य परसु तिमल्सिनाका अनुसार उक्त कार्यक्रमको कोरियोग्राफी नवीन केसी, लुना श्रेष्ठ र सारङ्गा श्रेष्ठले गर्ने छन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...