शहीद स्मारक ‘ए’ डिभिजन फुटबल : थ्री स्टार विजयी

काठमाडौँ, २५ असोज / शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा थ्री स्टार क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा थ्री स्टारले फ्रेण्ड्स क्लबलाई २–१ गोलअन्तरले पाखा लगाउँदै विजयी शुरुआत भएको हो । जीतसँगै थ्री स्टारले शीर्ष तीन अङ्क जोडेको छ ।

थ्री स्टारले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल ग¥यो । उसको जीतमा रञ्जन विष्ट र बुद्ध चेम्जोङले एक–एक गोल गरे । विष्टले खेलको पहिलो हाफको १७औँ मिनेटमा पहिलो गोल गर्दै थ्री स्टारलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै खेलको ८३औँ मिनेटमा थ्री स्टारका अर्का खेलाडी चेम्जोङले थप एक गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । यता फ्रेण्ड्स क्लबका विकास लामाले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एक गोल फर्काएका थिए ।  सोही मैदानमा आजै हुने दोस्रो खेलमा जाउलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । (रासस)

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...