यसरी मनाईयो ६३ औं प्रहरी दिवस–फोटोफिचर

काठमाडौँ । नेपाल प्रहरीले आज विशेष समारोहको आयोजना गरी ६३ औं प्रहरी दिवस मनाएको छ । प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले विशेष समारोहको आयोजना गरेको थियो । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको अवसर पारेर आजकै दिन हरेक वर्ष यो दिवस मनाइँदै आएको जनाईएको छ। कार्यक्रममा १३ वटा विधाका उत्कृष्ट व्यक्तित्वहरुलाई पनि पुरस्कृत गरिँएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी गराएका छन ।

‘संगठनभित्रबाट सर्वोत्कृष्ट ट्राफिक प्राविधिक, व्यवस्थापक, प्रशिक्षक, खेलाडी, अनुसन्धानकर्ता, आन्तरिक तथा बाह्य प्रशिक्षक, दैविक प्रकोप उद्धारक, उत्कृष्ट सामदायिक प्रहरी लगायत सम्मानित भएको उनले जानकारी गराए ।

दिवसको अवसरमा विभिन्न जिल्लाका प्रहरी कार्यालयले पनि विविध कार्यक्रम आयोजना गरेका छन् । रक्तदानदेखि सरसरफाइ कार्यक्रमसम्म गरेर यो दिवस भव्यताका साथ मनाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी रहेको थियो।फोटोः मुकुन्द कालीकोटे

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...