सन्तानले आश्रममा छोडेका वृद्धबृद्धाको दशैँ यसरी डुब्दै छ आँशुमा

असोज २६, काठमाण्डौ । अहिले जता हेर्यो त्यतै दशँैको चहलपहल देखिन्छ । बजार र सडकहरुमा मानिसहरु दशैँका लागि सामानहरु किन्न भ्याईनभ्याई छ । सबै नेपालीहरुलाई दशैं कसरी मनाउने भन्ने चटारोले छोएको समयमा नेपालका अधिकांश बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई भने दशै रमाइलो होइन दशा बनेर आउने गरेको छ ।

दशैंमा पारिवारिक जमघटमा रमाउनेहरु एकातिर छन् भने अर्कोतिर परिवारबाट विछोडिएकाहरु आँशुमा डुबेका छन् । घर परिवार र सन्तानको हेलामा परेर वा परिवार नै नभएर वृद्धाश्रममा जीवन विताउन बाध्य जेष्ठ नागरिकहरु दशैँ आएसँग भारी मन लिएर बसिरहेका छन् । उनीहरु आफ्ना वितेका यादहरुलाई सम्झेर आशु झार्ने गर्दछ । विडम्वना भनौं कि अरु केही, हामी पशुपतिको समाज कल्याण केन्द्र बृद्धाआश्रम पुग्दा त्यहाँ धेरै समयदेखि बस्दै आएका अधिकांश बृद्धबृद्धाको आँखामा दशैंले खुसी होइन, आशु झारिदिएको छ ।

फुलमाया श्रेष्ठ उमेरले झन्डै ८० को हाराहारीमा छिन् । उनी पहिला सोह्रखुट्टेमा बस्थिन । शरीरले काम गर्न नसक्ने भएपछि २० वर्षअगाडि आश्रयको खोजिमा भौतारिदै पशुपतिको समाज कल्याण केन्द्र बृद्धाआश्रममा आईपुगिन । उनले त्यहाँ बस्न आँउदा अबको दिनहरु कस्तो होला भनेर सोचेकी पनि थिइन । फुलमायाले बृद्धाआश्रममा दशै मनाउन थालेको धेरै भयो । उनलाई चाडपर्वमा कोही पनि नहूँदा एकदम नरमाइलो लाग्छ । उनी भन्छिन् चाडपर्व भनेको आफन्त भएकाहरुलाई हो । आफ्नो श्रीमान र छोरा अहिले कहाँ छन् भन्नेसम्म पनि श्रेष्ठलाई पत्तो छैन । त्यसैले त उनी खुशी हुन सकेकी छैनन् ।

सिन्धुपाल्चोकबाट करिब १२ बर्षअगाडि समाज कल्याण केन्द्र बृद्धाआश्रममा आइपुगेका कृष्णबहादुर गुरुडको पनि अवस्था उस्तै छ. । उनी उमेरले ८३ बर्ष नाघिसकेका छन् । उनको घरपरिबारमा कोहीपनि छैनन । उनका आफ्ना दाइका छोरा, नातिहरु भएता पनि दशैँमा उनी एक्लो हुन्छन् ।

फुलमाया र कृष्णबहादुर त केवल प्रतिनिधि पात्र मात्र हुन । यिनिहरुजस्ता नेपालका अधिकांश बृद्धआश्रममा बस्ने बृद्धबृद्धाहरुको कथाव्यथा एउटै छ । उनीहरुका इच्छाहरुलाई भित्रभित्रै गुम्साएर त्यो केवल सपना बनेर जान्छ । उनीहरुलाई दशैं एउटा नमीठो याद दिएर जान्छ । यस्ता नागरिकलाई राज्य पनि खुशी बनाएर राख्ने प्रयास गर्नुपर्छ । अझ आफ्नै घर परिवार तथा सन्तानले यसरी अलपत्र छाड्नुलाई त गैर जिम्मेवार मात्रै होइन, पापकर्म नै गरेको भन्दा अन्यथा नहोला ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...