बजारमा कपडा किन्नेको भीड, व्यापारी भन्छन्, पैसा कमाउन सकिएन

असोज २६, काठमाण्डौ । हिन्दुहरुको महान चार्ड दसैं लागेसँगै बजारमा किनमेल गर्नेहरुको घुइँचो लागेको छ । दशैँका लागि नयाँ कपडा खरिद गर्नेहरुको भिडले बजारमा दशैँ आएको अनुभूति गराएको छ । तर विगत वर्षको तुलनामा यसपटक कपडा किन्नेहरु कम भएको व्यापारीहरु बताउँछन् ।

काठमाडौंको मुख्य व्यापारिक क्षेत्र मानिने असन, न्युरोड, दरबारमार्ग मात्रै होइन मुलुकभरिको सहर बजारमा दशै सुरु भए लगतै किनमेल गर्ने मानिसहरुको घुइँचो लागेको छ । विशेषगरी दशैँमा लत्ता कपडा किन्नेहरुको भिडभाड बढि हुने गर्दछ । यस वर्ष पनि दशैँ सुरु भएलगत्तै काठमाण्डौका मुख्य व्यापारिक केन्द्रहरुमा उपभोक्ताको भिड बढेको छ ।

उपभोक्ताको भिडसँगै किनबेच पनि बढि हुने निश्चित छ । तर पैसा कमाउनका लागि व्यापार गर्नेहरु जति नै कारोबार भए पनि सन्तुष्ट भने हुन सकेका छैनन् ।

पछिल्लो समय फुटपाथमा पनि सबै खाले पसल फस्टाएसँगै सटर भाडामा लिएर व्यापार गर्नेहरु मर्कामा परेका छन् । कपडा व्यापार गर्नेहरु पनि फुटपाथ व्यवसायबाट प्रभावित भएका छन् ।

गत बर्षको तुलनामा यस बर्ष व्यापार घटेको कपडा व्यापारिले दावि गरे पनि कपडा किन्ने मानिसको घुइँचोमा भने कमि आएको छैन । ग्राहकले गत बर्षको तुलनामा यस बर्ष कपडाको भाउँमा बृद्धि भएको गुनासो गरेका छन् ।

दशैं र तिहारजस्ता चाडपर्वमा कुल राष्ट्रिय उपभोगको २० प्रतिशतबराबर उपभोग हुने गरेको अनुमान गर्ने गरिन्छ । दशैं र तिहारमा मात्र करिब चार खर्ब ३२ अर्ब रुपैयाँबराबरको उपभोग हुन्छ । आर्थिक सर्वेक्षण ०७३–७४ अनुसार नेपालको वाषिर्क कुल राष्ट्रिय उपभोग २१ खर्ब ६१ अर्ब रुपैयाँबराबरको छ । करिब दुई करोड ९० लाख जनसंख्यामध्ये दशैं, तिहारमा प्रतिव्यक्ति औसत खर्च १५ हजार रुपैयाँ हुन्छ । यस हिसाबले करिब चार खर्ब ३० अर्ब ५० करोड रुपैयाँ दशैं र तिहारमा बजारमा पुग्ने अनुमान गर्न सकिन्छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...