ओलीले पार्टी प्रचण्डलाई जिम्मा दिए, आफू सरकारमा केन्द्रित हुने !

काठमाडौं, १६ कात्तिक । सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आज पूर्ण स्वस्थ भएसँगै आफ्नो निवास फर्किएका छन् । अस्पतालबाट डिस्चार्ज हुनुपुर्व ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अन्तरंग सम्वाद गरेका थिए ।

स्रोतका अनुसार चिकित्सकहरुले ओलीलाई अब धेरै धपेडी नलिन आग्रह गरेका छन् । यसै सन्दर्भमा ओलीले अब आफूलाई सरकारको काममा मात्रै केन्द्रित राख्ने निधो गरेका छन् । यसको अर्थ उनले अब पार्टीको सम्पूर्ण काम अध्यक्ष प्रचण्डलाई जिम्मा लगाउने भएका छन् । अस्पतालमा आज भएको संक्षिप्त छलफलमा यी दुई अध्यक्षबीच यस्तो आन्तरिक सहमतिसमेत बनेको छ ।

छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका ओली पूर्ण स्वास्थ्यलाभ गर्दै आज निवास फर्किएका हुन् ।

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओली यही कात्तिक १२ गते बिहान ०४ः३० बजे उक्त अस्पतालमा भर्ना भएका थिए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...