विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यमा काठमाण्डौँ कसरी पर्यो पाँचौ स्थानमा ?

काठमाण्डौ । विश्वको चर्चित र विश्वासिलो ट्राभल गाइड लोन्ली प्लानेट सन् २०१९ का लागि घुम्नैपर्ने विश्वका १० उत्कृष्ट शहरहरको सुची सार्वजनिक गरेको छ । लोन्ली प्लानेटले १० सहरको सूची निकाल्दै काठमाण्डुलाई पाँचौं नम्बरमा समेटेको छ ।

सन् २०१९ मा विश्वका घुम्नलायक सहरको सूचीमा काठमाण्डु परेको हो । लोन्लीले निकालेको घुम्नलायक उत्कृष्ट १० सहरको सूचीमा काठमाण्डुुले, मेक्सिकोसिटी, सेनेगल, वासिङ्टन, क्रोरोसिया र मोरक्कोलाई समेत पछि पारेको छ । उक्त सूचीअनुसार पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन परेको छ । दोस्रोमा चीनको शेनचेन, तेस्रोमा सर्भियाको नोभिसाद, चौथोमा फ्लोरिडाको मियामी र पाँचौमा नेपालको राजधानी काठमाण्डु परेको हो ।

त्यस्तै छैटौ नम्बरमा मेक्सिकोको मेक्सिको सिटी, सातौमा सेनेगलको दाकार, आठौंमा अमेरिकाको सियाटल, नबौंमा क्रोएसियाको जादार र दशौंमा मोरक्कोको मेक्नेस शहर परेका छन् । हुनत नेपालको राजधानि सहर काठमाडौ प्रदुशित देश मध्य विश्वको ७ औँ नम्बरमा पर्छ त्यही पनि विश्वका घुम्नलायक सहरहरुमा पर्न सफल भएको छ ।काठमाडौँ घार्मिक, सांसकृतिक र सुन्दरताले भरिपूर्ण भएको देश हो ।विभिन्न भेषभुसा कला इतिहास मठमन्दिर हिमाल पाहड भएकाले नेपाल विश्वमा घुम्नलायक सहरको सूचीमा पर्दछ ।

तीन वर्ष अघि भूकम्पले क्षति पुगेको सहरले पर्यटकलाई स्वागत गर्न तयार रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । हेर्न निषेध गरिएको, पुरातात्विक सहर र हिमाली क्षेत्र प्रवेशको ढोकाको रुपमा समेत सहरको परिचय दिइएको छ । लोन्ली प्लानेटका निर्देशक टम हलले काठमाण्डुलाई मध्यकालीन संरचना, स्वादिष्ट खाद्य परिकार, रात्रि जीवन र असल आतिथ्यका साथै हिमालय प्रवेशको ढोका पनि होभनेका छन् ।

लोन्ली प्लानेटले ३ वर्षअघिको महाभूकम्पपछि पनि छिट्टै नै सामान्य स्थितिमा फर्केर पर्यटकहरुलाई आकर्षित गर्न सकेको विषयलाई बढी महत्व दिएको छ । अधिकांश ऐतिहासिक क्षेत्र पर्यटकीय क्षेत्र भुकम्पपछि पुनः निर्माण भएको र केही हुन नसकेको पनि उले उल्लेख गरेको छ । लोन्ली प्लानेटले काठमाडौमा विद्युत आपुर्ति र इन्टरनेट सुबिधा पनि राम्रो रहेको जनाएको छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...