रेखा थापाको महत्वकांक्षी घोषणा : म नेपालको पहिलो महिला प्रधानमन्त्री बन्छु (भिडियोसहित)

“४० पुगेसी विवाह गर्छु, अनि बच्चा जन्माउँछु” 
काठमाडौं, १८ कात्तिक । चर्चित नायिका, निर्माता एवम राप्रपा (प्रजातान्त्रिक) की सह महामन्त्री रेखा थापाले आफू यो देशको पहिलो महिला प्रधानमन्त्री बन्ने महत्वकांक्षी घोषणा गरेकी छिन् ।

आज राति हिमालय टेलिभिजनमा प्रशारण भएको चर्चित कार्यक्रम धमलाको हमला मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । “म यो देशको पहिलो प्रधानमन्त्री बन्छु” उनले भनिन्-“अनि राष्ट्रपति बन्छु । आज राप्रपा प्रजातान्त्रिकको सहमहामन्त्रीको रुपमा ऋषिजीसँग कुरा गर्दैछु । अबको दश वर्षपछि म यो टेबुलमा प्रधानमन्त्रीको रुपमा आउँछु ।”

विवाह किन नगर्ने ? भन्ने धमलाको प्रश्नमा उनले आफू अहिले भर्खरै ३५ वर्ष पुगेकोले विवाह गर्न अझै पाँच वर्ष हतार नगर्ने स्पष्ट पारेकी छिन् ।उनले भनिन्,”बुढी भएकोजस्तो लाग्छ । अब ४० वर्ष पुगेपछि विवाह गर्छु । मैले विवाह गर्ने केटा चाहीँ तपाईले खोजिदिनुपर्छ ।” त्यस्तै उनले धमलाले सम्वन्धविच्छेदको कुरा कोट्याउँदा “मि टु” मा मुछ्ने चेतावनी पनि दिईन् ।

 

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...