सांसद रौनियारले बामदेवको लागि आफ्नो क्षेत्र खाली गर्ने !

काठमाडौं, १९ कात्तिक । स्वतः निलम्बनमा परेका सत्तारुढ संघीय समाजवादी फोरम नेपालका सांसद हरिनारायण रौनियारले नेकपाका शीर्ष नेता बामदेव गौतमको लागि आफ्नो निर्वाचन क्षेत्र खाली गर्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार रौनियारले सम्भवतः यो विषय छिट्टै सार्वजनिक गर्नेछन् । रौनियार पर्सा क्षेत्र नम्बर ३ बाट निर्वा्चित प्रतिनिधिसभा सदस्य हुन् । रौनियारले छोडे वामदेव निर्वाचन लड्ने नेकपानिकट उच्च स्रोतले दाबी गरेको छ । यसअघि गौतम काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचन लड्ने चर्चा चलेको थियो ।

वामदेवको आवश्यकत्ता संसदमा खड्किएकोले आफूले ठाउँ खाली गर्न लागेको भनेर काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामबिर मानन्धरले पत्रकार सम्मेलन गरेरै जनाएका थिए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...