प्रचण्डले बुने नयाँ योजना : ओलीको मन जित्ने, कांग्रेससँग सहकार्य गर्ने

काठमाडौं, २३ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिवेला प्रधानमन्त्री ओलीसँग समझदारी कायम गर्दै अघि बढ्ने रणनीतिका साथ अघि बढ्ने भएका छन् ।

अध्यक्ष प्रचण्ड र ओलीबीच पछिल्लो समय अत्यन्तै सुमधुर सम्बन्ध छ । सरकारले राम्रो काम गरिरहेको र अब जनतामा प्रत्यक्ष प्रभाव पार्नेगरि विकास निर्माणका कामहरु गरेर देखाउने प्रचण्डले भाषण गर्दै आएका छन् ।

स्रोतका अनुसार प्रचण्ड यतिवेला सरकारले गति पनि लिओस र पार्टी एकतापनि होस भन्ने पक्षमा छन् । उनी दृढताका साथ यही काममा जुटेका छन् । अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँग समझदारी राखेर नै पार्टीभित्र आफ्नो भूमिका बढाउने रणनीतिमा प्रचण्ड छन् ।

नेकपाभित्र आफ्नो प्रभाव र पहुँच विस्तार गरेर देशैभरि विकासको एजेण्डा लिएर देश दौडाहामा जाने प्रचण्डको योजना छ । मधेशवादी दल र जनजातिहरुसँग पनि समदुरी कायम गर्ने अघि बढ्ने उनको योजना छ ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगपनि विकास र समृद्धिको एजेण्डामा सहकार्य र सहमति कायम गरेर अघि बढ्ने प्रचण्डको योजना छ ।

शुक्रबार पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले अहिले प्रधानमन्त्री ओलीको विकल्प खोज्ने बेला नभएको जिकिर गरे । प्रचण्डले धमलासँग भनेका थिए,”प्रधानमन्त्री ओलीलाई नै बलियो बनाएर जाँदा देश र जनताको हित र मुलुकमा स्थायित्व र समृद्धि हाँसिल हुन्छ ।”

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...