ओली-प्रचण्डको निर्देशन पाएँ, विप्लवसँगको वार्ता परिणाममुखी : संयोजक पाण्डे

काठमाडौं, २३ कात्तिक । सरकारद्धारा गठित उच्चस्तरीय राजनीतिक वार्ता समितिका संयोजक सोम प्रसाद पाण्डेले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ताको लागि सरकारले काम थालिसकेको बताएका छन् ।

उनले भने,“विप्लवसँग वार्ता अब परिणाममुखी हुन्छ । प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । अध्यक्ष प्रचण्डले निर्देशन दिनुभएको छ । विप्लवको मुद्दार राजनीतिक भएकोले सोही माध्यमबाट सम्बोधन गर्नुपर्छ भनेर अध्यक्षद्धयले निर्देशन दिनुभएको छ ।”

शुक्रबार साँझ प्राईम टाईम्स टेलिभिजनको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै उनले यस्तो खुलासा गरेका हुन् । उनले भने,”अब विप्लव समूहलाई वार्तामा ल्याउने निकास दिनेगरि अघि बढेको छु ।  त्यस्तै उनले सशस्त्र समूहसँग पनि वार्ता भैसकेको जनाए । उनले भने,”अब वार्ताले मुर्त रुप लिन्छ ।”

नेकपाका स्थायी समिति सदस्य रहेका पाण्डेले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको अहिले विकल्प नरहेको जिकिर गरे । उनले भने,”प्रधानमन्त्रीज्यूले अब राजनीतिक तरंग ल्याउनुहुन्छ । आर्थिक क्रान्तिको जग ओलीले नै हालिसक्नुभएको छ । अब उहाँले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनुहुन्छ ।”

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...