स्टर्लिङले म्यानचेस्टर सिटीसँग थप तीन वर्षको सम्झौता गरे

काठमाडौं, २४ कात्तिक । इंग्लिस फुटबल खेलाडी रहिम स्टर्लिङले म्यानचेस्टर सिटीसँग थप तीन वर्षको सम्झौता गरेका छन् । उनी अब सन् २०२३ सम्म क्लबमै रहनेछन् ।

२३ वर्षका इंग्लिस फरवार्ड स्टर्लिङको अहिलेको सम्झौता यो सिजनको अन्त्यमा सकिने थियो । स्टर्लिङले हप्ताको तीन लाख पाउण्ड पारिश्रमिक लिनेगरी नयाँ सम्झौता गरेका हुन् । नयाँ सम्झौतापछि उनी इंग्लिस प्रिमियर लिगमा सबैभन्दा राम्रो पारिश्रमिक पाउने बेलायती खेलाडीमध्ये एक बनेका छन् ।

स्टर्लिङ सन् २०१५ मा लिभरपुलबाट ४९ मिलियन पाउण्डमा म्यानचेस्टर सिटीसँग आवद्ध भएका हुन् । उनले गत सिजन क्लबका लागि २३ गोल गरेका थिए । यो सिजन पनि उनी उत्कृष्ट लयमा देखिएका छन् । एजेन्सीको सहयोगमा 

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...