गोली लागेर तीन सुरक्षाकर्मीसहित १५ को मृत्यु

क्वाला ए नाव, अफगानिस्तान, २४ कात्तिक / अफगानिस्तानमा भएको गोली हानाहानको घटनामा परी १५ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये तीन जना सुरक्षाकर्मी र अरु १२ जना लडाकू रहेको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको बड्घीस प्रान्तको क्याडिस जिल्लामा शुक्रबार यो घटना भएको प्रान्तीय प्रहरी प्रमुख अब्दुल अजिज बिगले शनिबार जानकारी दिनुभयो ।

तालिबान लडाकूहरुले सुरक्षा चेकपोष्टमा आक्रमण गरेपछि गोली हानाहान भएको उहाँले बताउनुभयो । भिडन्तमा परी आठ जना लडाकू र ११ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

तर घटनाका बारेमा अहिले सम्म प्रहरी वा तालिबान लडाकू कुनै पक्षले पनि कुनै प्रतिक्रिया दिएका छैनन् । (रासस/सिन्ह्वा)

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...