अध्यक्ष ओली विदेशी पाहुन भेट्नमा व्यस्त, नेपाल र खनालको यस्तो चलखेल

मंसिर १४, काठमाण्डौ । सत्तारुढ दल नेकपाको सांगठनीक एकता प्रक्रिया जटिल बन्दै गएको छ । शीर्ष नेताहरुबीच नै एकमत नहुँदा तल्लो तहसम्मको एकताले टुङ्गो नपाएको हो ।

अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालको आ–आफ्नै स्वार्थका कारण पनि एकता प्रक्रिया अल्झिएको बताइन्छ ।

एकताको ५ महिना बितिसक्दा पनि तल्लो तहसम्म एकता नहुँदा नेताहरुबीच गुटगत राजनीति गर्ने स्पेस बढ्दै गएको छ ।

केन्द्रीय सचिवालयबाहेक कुनै सांगठनिक संरचना सक्रिय छैनन् । केन्द्रमा स्थायी कमिटी र केन्द्रीय कमिटी बनेका छन् तर तिनको बैठक नियमित बस्न सकेको छैन ।

एसिया प्यासिफिक समिटका कारण नेकपाका शीर्ष नेताहरुले थप चलखेल गर्न थालेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली समिटमा आएका विशिष्ट पाहुनाहरुलाई भेट्नमै व्यस्त भएका बेला वरिष्ठ नेताद्धय नेपाल र खनाल आफ्नै रणनीतिमा व्यस्त देखिएका छन् ।

नेपालले त पार्टीभित्रको विभिन्न कमिटिमा आफू कमजोर बन्दै गएपछि ओली व्यस्त भएको मौकामा अर्का अध्यक्ष दाहालसँग नजिक हुन खोजेका छन् ।

एकीकरण कै बेला आफूलाई अन्याय भएको भन्दै चर्को विरोध गर्दै आएका खनालले पनि गुट निर्माणलाई प्राथमिकता दिएको बताइएको छ । नेपाल र खनाल मात्रै होइन, बामदेव गौतमले आफूलाई पार्टीभित्र कम महत्व दिएको गुनासो गर्दै आएका छन् ।

उनी पनि आगामी महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीतिमा लागिसकेका छन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...