प्रचण्ड विवादास्पद युनिफिकेसन चर्चको ‘एसिया प्यासेफिक समिट’मा गएनन्

काठमाडौं, १६ मंसिर । आफूले आफैलाई जिसस क्राइस्टकी छोरी भन्ने हाक जा हानको सम्बोधनसँगै हिजोदेखि सुरु भएको विवादास्पद युनिफिकेसन चर्चको एसिया प्यासेफिक समिटमा आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि बनेर जाने भनिएको थियो । तर, प्रचण्ड अन्तिममा गएनन् ।

तर, प्रचण्ड स्वास्थ्योपचारका लागि आइतबार ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पताल पुगेका छन्। केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराएका अध्यक्ष प्रचण्डले आज दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराएका हुन्। उनी साँच्चिकै विरामी भएका हुन वा होईनन भन्ने कुरा उनैलाई थाहा होला ।

 

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...