प्यासिफिक समिटमा सहभागि भएपछि पार्टीभित्रै ओलीको राजिनामा माग्ने तयारी

मंसिर १६, काठमाण्डौ । एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओली खुलेरै सहभागि भए । सम्बोधन गर्नेदेखि अवार्ड थाप्नसम्म उनी खुशीका साथ सक्रिय भए ।

समिटका लागि आएका विदेशी पाहुनालाई पनि उनले उच्च प्राथमिकताका साथ भेटवार्ता गरे ।

क्रिष्चियन धर्मको प्रचार गर्न लागि गरिएको भनिएको समिटको सर्वसाधारणले विरोध गरिरहँदा ओलीले भने विरोध र आलोचनाको बेवास्ता गरे ।

समिटकै कारण ओलीलाई पार्टीभित्रैबाट विरोध सुरु भएको छ । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेकपाका नेता भीम रावलले खुलेरै विरोध गरे ।

क्रिष्चियन धर्म प्रचारक एकनाथ ढकालको पछि लागेर ओलीले गम्भीर भूल गरेको रावलको आरोप छ । उनले यस विषयमा आगामी स्थायी समिति बैठकमा कुरा उठाउने चेतावनीसमेत दिए ।

अन्य कतिपय नेताहरुले पनि ओलीको सहभागिताप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।

सम्मेलनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल उपस्थित भएनन् । अर्का वरिष्ठ नेता माधव नेपाल भने आयोजककै हैसियतमा थिए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...