प्रवासी नेपालीद्धारा अक्षयकोषलाई सहयोग

काठमाडौैँ,१८ मंसिर । विपन्नको उपचारमा सघाउने उद्देश्यले स्थापित अक्षयकोषमा प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । ओमकुमारी शान्ति कोषले स्थापना गरेको रु एक करोड ५० लाखको अक्षयकोषमा म्याग्दी उद्धार समिति बहराइनले रु १७ लाख एक हजार सहयोग गरेको हो ।

समितिका अध्यक्ष लोक राम्जाली, वरिष्ठ सल्लाहकार छविलाल विश्वकर्मा र दिनेश बस्नेतले कोषका अध्यक्ष राजेश शाक्यलाई सोमबार सो रकम हस्तान्तरण गरे । हाइपो प्लास्टिक एनिमिया रोगबाट थलिएर ज्यान गुमाएकी बेनपा–४ का ओमकुमारी पुन शान्तिको स्मृतिमा स्थापित अक्षयकोषमा स्वदेश तथा विदेशबाट हालसम्म रु ६२ लाख सङ्कलन भएको सचिव लोकेश पुनले जानकारी गराए ।

कोषमार्फत २०७५ असोजसम्म १०१ जनालाई उपचारका लागि रु एक करोड ८२ लाख २४ हजार सहयोग गरिएको सचिव पुन बताउन्छन । संस्थालाई व्यक्तिगत रूपमा रु दुई लाख र संस्थागत रुपमा रु तीन लाखभन्दा बढी सहयोग गर्नेलाई संरक्षक सदस्यता प्रदान गरिने व्यवस्था छ । रु पाँच हजार पाँच सय सहयोग गरेर कोषको आजीवन सदस्य बन्न सकिन्छ । कोषले मुट, मिर्गौला, अर्बुद, आँखालगायत रोगबाट थलिएर अर्थाभावका कारण उपचार गराउन नसकेका जिल्लाका बिरामीलाई सहयोग गरिने अध्यक्ष शाक्यले जानकारी गराए। रासस

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...