भारतको ओडिसामा जारी हक्की विश्वकपमा : अस्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, १९ मंसिर। साविक विजेता अस्ट्रेलिया भारतको ओडिसामा जारी हक्की विश्वकपमा लगातार दोस्रो जित हात पार्दै क्वाटरफाइनलमा पुगेको छ ।

हिजो भएको समुह बी को खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ३-० ले हरायो । लगातार दोस्रो जितसँगै अस्ट्रेलियाले क्वाटरफाईनलमा ठाउँ बनाएको छ ।

उसको ६ अंक छ भने दोस्रो स्थानको चीनको २ अंक मात्रै छ । हिजो भएको खेलमा चीनले आयरल्याण्डसँग १–१ गोलको बराबरी खेल्यो ।

यसअघि समुहको पहिलो खेलमा इङ्ल्यान्डसँग पनि चीनले बराबरी नै खेलेको थियो । हक्की विश्वकपमा आज पनि दुई खेल हुनेछन् ।

नेपाली समय अनुसार बेलुकी सवा ५ बजे जर्मनी र नेदरल्याण्ड्स भिड्दा सवा सात बजे पाकिस्तानले मलेसियासँग खेल्नेछ । एजेन्सीको सहयोगमा 

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...