प्रधानमन्त्री ओलीसँग प्रचण्ड भित्रभित्रै असन्तुष्ट, कारण यस्तो छ

काठमाडौं, १९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भित्रभित्रै असन्तुष्ट बनेका छन् ।

स्रोतका अनुसार प्रचण्ड ओलीको काम गराईबाट अहिले पूर्ण रुपमा सन्तुष्ट छैनन् । उनले आफूनिकटका नेताहरुसँग भन्ने गरेका छन्,‘अब पनि मुलुक यही किसिमले गयो भने विकास हुँदैन् । प्रधानमन्त्री ओलीजीले अब गम्भिर भएर सोच्नुपर्छ ।’

पछिल्लो समय नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डबीच दुरी बढेको अनुमान लगाउन थालिएको छ । काठमाडौंमा हालै सम्पन्न एशिया प्यासिफिक समिटलाई लिएर प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भैरहेको बेला प्रचण्डले यसबारेमा केही पनि बोलेनन् । उनी सहभागी पनि भएनन् ।

उक्त सम्मेलनको समापनको दिन प्रचण्डलाई प्रमुख अतिथि बनाइएएको थियो । तर, प्रचण्ड भने आफू अस्वस्थ भएको भन्दै ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालमा पुगेका थिए ।

प्रचण्डले पछिल्लो समय सरकारले कामको गति बढाउनुपर्ने भनेर सार्वजनिक अभिव्यक्तिसमेत दिँदै आएका छन् । उनी बास्तवमा सरकारको कामप्रति त्यति सन्तुष्ट छैनन भन्ने कुरा उनको अभिव्यक्तिले नै पुष्टि गरिसकेको छ ।

पार्टीको सचिवालय बैठक हुँदै स्थायी कमिटी र केन्द्रिय कमिटीको बैठक तत्काल बोलाउनुपर्ने नेताहरुको मागमा उनले सहमति जनाईसकेका छन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...