महोत्सव मार्फत झण्डै १ करोड आर्थिक संकलन

कौरव खत्रीः गुल्मी २० मंसिर । बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सवमा दैनिक रुपमा आर्थिक सहयोग रकम थपिदै गइरहेको छ । महोत्सवको पाँचौ दिन अर्थात बुधवारसम्म नगद चन्दाबोल, धान सुन लगायतबाट गरि कुल ९८ लाख, बराबरको आर्थिक सहयोग जुटेको निसिभूजि जनता क्याम्पस ढोरपाटन नगरपालिका १ बर्तिबाङ्ग बाग्लुङ्गका क्याम्पस प्रमुख कृष्ण कान्त आर्चायले बताए ।

पश्चिम बागलुङकै एकमात्र क्याम्पस निसीभुजी जनता क्याम्पसलाई सुविधा सम्पन्न स्र्माट क्याम्पसको सञ्चालानार्थको लागि शैक्षिक तथा धार्मिक महोत्वको आयोजना गरिएको हो । महोत्सव मंसिर २२ गतेसम्म सञ्चालन हुने क्याम्पस प्रमुख कृष्ण कान्त आर्चायले बताए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...