‘रास्ट्रपतिलाई न्याय ! निर्मलालाई अन्याय ?’

काठमाडौं, २० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले वर्तमान सरकार शान्ति कायम गर्नेमा चुकेको आरोप लगाएको छ ।

तरुण दलले ‘रास्ट्रपतिलाई न्याय ! निर्मलालाई अन्याय ?’ भन्ने पोस्टर सार्वजनिक गरेको छ । तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले गत साउन १० गत बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वषीया निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्नमा सरकार असफल भएको आरोप लगाए ।

उनले भने,‘सरकार विवाधमा तानिने कुराहरु गर्न जोडले लागेको छ, निर्मलाको हत्या भएको यतिका महिना बिते, देश ब्यापी आन्दोलन भईरहेका छन्, सरकारले सुनेको छैन् ।’

निर्मलाका हत्यारा सार्वजनिक, मुल्य वृद्धि गर्न र शान्ति कायम राख्न सरकारसँग माग गर्दै तरुण दलले बिरोधका कार्यक्रम गर्दै आएको छ । त्यस्तै तरुण दलले जनताको जनजीविकाको चिन्ता नगर्ने तर राष्ट्रपतिलाई १८ करोडको गाडी उपलब्ध गराउने सरकारको निर्णय गलत दाबि गरेको छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...