लोकतन्त्र, गणतन्त्र विभेदकारी छः अध्यक्ष जैगडी

काठमाडौं, २१ मंसिर । मिसन अम्वेडकर नेपालका अध्यक्ष मनोज जैगडीले नेपालको गणतन्त्र विभेदकारी भएको आरोप लगाएका छन् । रिपोर्टर्सनेपाल डटकमसंगको कुराकानीमा अध्यक्ष जैगडीले भने,‘वर्तमान समयको साशन सत्ता र व्यवस्था निक्कै विभेदकारी छ, यसले दलित, मुस्लिम, थारु, जनजातिको अथक बलिदानबाट प्राप्त गरेको गणतन्त्रलाई निश्चित जातका मानिसहरुले आफू खुसि प्रयोग गरेका छन् ।’

उनले भने,‘कांग्रेसले २००३ साल सालमा नेपाली काँग्रेसले चलाएको ट्याङ्कर आन्दोलन होस् या २०५२ सालमा तात्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्ध होस,विगतका आन्दोलनहरुमा नेपालका दलितवर्गले, जनजाती, थारु, मुस्लिमहरुले पुर्याएको योगदानको बरेमा गणतन्त्रका मालिक भन्नेहरुले जान्न सकेनन्, भेदभाव, जातीय हिंसा जारीछ, अधिकार पाउन सकिएको छैन् ।’

जनयुद्ध र जन आन्दोलनको एउटै मक्सत दबाईएका, पछि पारिएका, पीडित, उत्पीडित र विभेदको रेखामूनि रहेका नागरिकहरुको मुक्ति भएको बताउँदै अध्यक्ष जैगडीले भने,‘सरकारका माथिल्ला निकायमा होस् या राज्यका विभिन्न तहमा होस् दलित वर्गको राम्रो उपस्थिति छैन्, पछि पारिएको छ, आजको दिनमा पछि जातको आधारमा हिँसा गरिदैछ ।’

उनले अघि थपे,‘वि.स. २००३ सालमा देवव्रत परियार नेपाली राष्ट्रिय कांग्रेस र २००५ सालमा आर.वी.गहतराज प्रजातान्त्रिक कांग्रेसमा आवद्ध भएर नेपालको प्रजातान्त्रिक आन्दोलनलाई गति प्रदान गर्न दलित समुदायका तर्फबाट योगदान दिएको योगदान कम थिएन् । र समाजवाद स्थापना गर्नको लागि पनि दलित वर्ग, उत्पीडित वर्ग, अल्पसंख्यकहरुको कुनै कमि हुुनुहुँदैन ।’

को हुन अम्वेडकर ?

भारतीय इतिहासका बहुप्रतिभाशाली योद्धा हुन भीमराव अम्वेडकर । विश्वको ईहिासमा दलित आन्दोलनका अगुगा मानिने अम्वेडकरको जन्म १८९१ मा भएको थियो भने १९५६ मा निधन ।

सामाजिक विभेदको बिरुद्धमा जीवन समर्पित गरेका अम्वेडकर दलित वर्गका मात्रै नेता थिएनन्, उनी श्रमिक, किसान र महिला हिंसाको बिरुद्धमा आवाज बुलन्द पार्ने एक अधिकारवादी पनि थिए । स्वतन्त्र भारतका प्रथम विधि एवम् न्यायमन्त्री बनेका अम्वेडकलाई भारतीय संविधानका जनक एवम् भारत गणराज्यका निर्माता भनेर विश्वमा परिचित छन् ।

कोलम्बीय विश्वविद्यालयबाट अर्थसास्त्र विषयमा विद्यावारिधि गरेका अम्वेडकरले विधि, अर्थसास्त्र र रानीतिक विज्ञानको अध्ययनमा जीवनको लामो कालखण्ड बिताएको ईतिहासमा पढ्न पाईन्छ । उनले जीवनको अन्तीम कालखण्डमा बुद्धधर्मको अनुसरण गरेका थिए । भारत सरकारले उनलाई सर्वोच्च नागरिक सम्मान (मरणोपरान्त) गरेको थियो । उनकै सम्झनामा मिसन अम्वेडकर नेपाल संस्था स्थापना गरेका अध्यक्ष जैगडीले जानकारी दिए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...