रातोपुलमा प्रहरीले गोली चलायो, राजन लिम्बु घाईते

काठमाडौं, २१ मंसिर । शुक्रबार दिउँसो रातोपुलमा प्रहरीले गोली चलाउँदा घाइते भएका राजन लिम्बु ६ वटा घटनामा संलग्न भइ फरार रहेको भेटिएको छ ।

महानगरीय अपराध अनुसन्धान महशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले लिम्बु ६ वटा घटानमा संलग्न रही प्रहरीको वान्टेड सूचीमा रहेको बताएका हुन् । उनका अनुसार लिम्बु यसअघि पनि ६ वर्ष जेल बसेर निस्केका थिए ।

पछिल्लो पटक उनले १२ मंसिरमा इटहरीमा रहेको एक्टिभ मनी ट्रान्फरमा सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरेर ३ लाख रुपैयाँ लुटेका थिए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...