भोलि ४ बजे नेकपा सचिवालयको बैठक, समिटको समिक्षा गर्ने

काठमाडौं, २१ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि अपरान्ह चार बजे बस्ने निधो भएको छ । पार्टीका शीर्ष नेताहरुले नै आकस्मिक बैठक डाक्न पटक–पटक आग्रह गरेपछि भोलि दिउँसो ४ बजेको लागि बैठक डाकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा हालै काठमाडौंमा सम्पन्न भएको एशिया प्यासिफिक समिटको बारेमा समिक्षा हुने बुझिएको छ। विवादित संस्थाको समिटमा सरकार सहभागी भएर गम्भिर गल्ती भएको भनेर पार्टीकै नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरिरहेको बेला बैठक बस्न लागेको हो ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...