ओमानले नेपालको कृषि क्षेत्रमा लगानी गर्ने

काठमाडौं, २२ मंसिर । नेपालको कृषि तथा वन पैदावर क्षेत्रमा लगानी प्रवद्र्धन गर्न ओमान सरकार तयार रहेको ओमानका लागि नेपाली राजदूतावास मस्कटले जनाएको छ ।

शुक्रबार ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र ओमानका वाणिज्य तथा उद्योग मन्त्री डा अलि बिन मासोउड अल सुनाइडिबीच भएको भेटमा नेपालको कृषि तथा वन पैदावर क्षेत्रमा लगानी गर्न ओमान तयार रहेको दूतावासले जानकारी दिएको हो ।

नेपाल र ओमानबीच व्यापार, वाणिज्य लगानी प्रवद्र्धनका लागि आबश्यक रणनीतिहरुका सम्बन्धमा राजदूत पराजुली र ओमानका वाणिज्य तथा उद्योगमन्त्री डां अलि बिन बीच थप छलफल भएको हो ।

राजदूत पराजुलीले मन्त्री अलिलाई उनकै कार्यकक्षमा भेटेर हाल नेपालको राजनीतिक, आर्थिक र सामाजिक अबस्थाका बारेमा जानकारी गराएकी थिइन ।

उनले हाल नेपालले राजनीतिक स्थाइत्वको वातावरण प्राप्त गरेको बताउँदै नेपालमा लगानीको उचित वातावरण रहेको बताएकी थिइन् ।

राजदूत पराजुलीले नेपालका जलविद्युत, भौतिक पूर्वाधार तथा कृषि क्षेत्रमा लगानी गर्न मन्त्री अलिलाई आग्रह गरेपछि मन्त्री अलिले नेपालको कृषि क्षेत्रमा लगानी गर्न तत्परता देखाएको राजदूतावासले जनाएको छ ।

मन्त्री अलिले नेपालका कृषि क्षेत्रबाट उत्पादित सामग्रीहरुलाई ओमानका बजारमा विशेष प्राथमिकता दिइने बताएका छन् ।

त्यसैगरी नेपालको काठ पैदावरको माग ओमानमा उच्च रहेकोले नेपालबाट पैदावर सामग्री ओमान निर्यात गर्न सकिने राजदूत पराजुलीले बताइन् ।

नेपालमा धेरैभन्दा धेरै कृषि उत्पादन हुने भए पनि नेपालले कृषि उत्पादन तथा वन पैदावर सामग्री ओमान लगाएतका मूलुकमा निर्यात भने गर्न सकेकोमा दुख व्यक्त गर्दै राजदूत पराजूलीले अब नेपालबाट यस्ता सामग्री ओमानमा निर्यात गर्ने पहल गर्नुपर्ने बताइन् । ओमानले कृषि लगाएत वन पैदावरका सामग्रीहरु अन्य मूलुकबाट आयात गर्दै आएकोमा अब नेपालबाट नै सामग्री लैजान ओमानसँग प्रत्यक्ष समन्वय गर्ने जानकारी दिइन् ।

भेटमा नेपाल र ओमानबीच व्यापार वाणिज्य तथा लगानी प्रवद्र्धन गर्दै निकट भविष्यमा एक व्यापार कार्यशाला आयोजना गर्ने सहमति भएको नेपालका लागि राजदूतावास मस्कटले जानकारी दिएको छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...