चलचित्र ‘मालिका’ धनकुटा, रामेछाप र हेटौंडामा बिशेष प्रदर्शन

काठमाडौं, २२ मंसिर । लोकप्रिय नायिका रेखा थापाद्धारा निर्देसित नेपाली कथानक चलचित्र मालिका धनकुटा, रामेछाप र हेटौंडामा बिशेष प्रदर्शन गरिएको छ । महिला माथि हुने सबै प्रकारका बिभेद र हिन्सा बिरुद्धको अभियानमामा स्थानीय तहको सरकारले नायिका थापालाई साथ दिएको छ । १६ दिने महिला हिँसा दिवसको अवसरमा लैँगिक हिसा र अत्याचार, छैन हामीलाई स्वीकार भन्ने मुल नाराकासाथ नायिकाथापा देशदौडामा जुटिरहेकी छन्।

छोरीका निम्ति स्वर्णीम नेपाल महान अभियान सञ्चालन गरिरहेकी नायिका थापाले आफ्नो फेशबुकमा लेखेकी छन्,‘धनकुटा, रामेछाप र हेटौंडामा मालिका फिल्मको बिशेष प्रदर्शनी भब्य रुपमा सम्पन्न भएको छ । महिला माथि हुने सबै प्रकारका बिभेद र हिन्सा बिरुद्द अभियानमा नगरपालिका तथा सरोकारवाला सबैलाई धन्यवाद । दर्शकहरु हरुको प्रतिकृया ले मन छोएको छ ।’

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...