नवीन कला मन्दिरको ६२औं बार्षिकोत्सव सम्पन्न

काठमाडौ, २२ मंसिर । लोक कला, साहित्य, संस्कृति र लोक परम्पराको जगेर्नागर्ने उदेश्यले सञ्चालनमा आएको नवीन कला मन्दिरले आफ्नो ६२औं बार्षिकोत्सव सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बिधासुन्दर शाक्यको प्रमुख आतिथ्यता सम्पन्न नवीन कला सम्मान एबम सांंस्कृतिक कार्यक्रम २०७५ का अवसरमा विभन्न विदाका कलाकर्मीहरुलाई सम्मान गरिएको थियो ।

सांस्कृतिक संयोजकमा नृत्य निर्देशक नरोत्तम शर्मा र मन्जु पौडेल रहेका थिए । उक्त कार्यक्रममा प्रसिद्ध गितकार रत्न शमसेर थापा, प्रसिद्ध लोक एबम आधुनिक गायिका ज्ञानु राणा, प्रसिद्ध अभिनेत्री सकुन्तला शर्मा लगायत लोक साङ्गीतिक क्षेत्रमा कृयाशिल पत्रकारहरुलाई सम्मान गरेको थियो ।

नवीन कला मन्दिरका अध्यक्ष निर्मल रिमालको अध्यक्षता सम्पन्न भएको सो कार्यक्रममा भरत बिक्रम ढकालले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न प्रकारका नृत्य एबम गायन प्रस्तुतीहरुले दर्शकहरुलाई आकर्षण गरेको थियो । चर्चित गायक एवम संगीतकार नरहरि प्रेमिले कार्यक्रमको संचालन गरेका थिए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...