‘शैक्षिक प्रणाली सुधारमा सबैको भूमिका जरुरी’

विराटनगर, २२ मङ््सिर । प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले शैक्षिक प्रणाली सुधारमा सबैको भूमिका जरुरी रहेको बताउनुभएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपाल मोरङको १४औँ अधिवेशन आज उद्घाटनको अवसरमा प्रदेश प्रमुख तुम्बाहाङले सबैको समान भूमिकाले मात्रै शैक्षिक प्रणालीमा सुधार आउने बताउनुभएको हो ।

प्रदेश प्रमुख तुम्बाहाङले सबैलाई समान शिक्षा र समान अवसरका लागि नीतिगत सुधारको जरुरी रहेको बताउँदै एउटै शिक्षा नीतिभित्र सञ्चालित दुईखाले विद्यालयको अवधारणाले देशको जनशक्तिलाई विभाजन गर्न नहुने विचार व्यक्त गर्नुभयो । उहाँले समान शिक्षा र समान अवसरका लागि आवश्यक पर्ने नीतिगत सुधारमा निजी क्षेत्रमा क्रियाशील शैक्षिक तथा प्राज्ञिक पक्षको समेत भूमिका हुनुपर्ने बताउनुभयो ।

प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेले निजी लगानीमा सञ्चालित शैक्षिक संस्थाको महत्व राज्यले बुझ्न नसक्दा जटिलता आएको बताउनुभयो । रासस

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...