लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छः कोइराला

काठमाडौँ,१७ पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशन समयमै हुनुपर्ने बताएका छन ।नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा उनले काङ्ग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गरेका थिए । उनले काङ्ग्रेस धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास गर्ने पार्टी भएको धारणा पनि राखेका थिए ।

“नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्छ । लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छ,” उनले बताए। धर्म र राजनीतिक अलग अलग विषय भएपनि पार्टीको महासमिति बैठकमा हिन्दू राष्ट्रको चर्चा भएको उनले स्पष्ट पारे।रासस

Comments

Loading...
Loading...

ताजा खबर

Loading...