रोजर फेडेरर र सेरेना विलियम्सबीच प्रतिस्पर्धा हुने

काठमाडौं,१७ पुस। स्वीजरल्यान्डका टेनिस खेलाडी रोजर फेडेरर र अमेरिकन महिला टेनिस खेलाडी सेरेना विलियम्सबीच पहिलो पटक प्रतिस्पर्धा हुने भएको छ । अष्ट्रेलियामा हुने होपम्यान कप टेनिसको मिक्स डबल्समा यी दुई विश्व चर्चित खेलाडीले एकअर्कासँग प्रतिस्पर्धा गर्न लागेका हुन् ।

मिक्स डबल्समा स्वीजरल्यान्ड र अमेरिकाबीच भिडन्त हुने भएपछि फेडेरर र सेरनाबीच प्रतिस्पर्धा हुने भएको हो । स्वीजरल्यान्डको टिमबाट फेडेरर र बेलिन्डा बेनिसिक रहने छन् । अमेरिकाको टिममा सेरेना र फ्रान्सिस टियाफोई रहनेछन् ।

उमेरले दुबै ३७ वर्ष टेकेका फेडेरर र विलियम्सले अहिलेसम्म ४३ पटक ग्राण्डस्लाम जितेका छन् । फेडेरर र सेरेनाले अहिलेसम्म प्रतिस्पर्धा गरेका थिएनन् ।एजेन्सीको सहयोगमा


ताजा खबर

Loading...
Loading...
Loading...