कार्ययोजना पुरै पालना गर्छु : प्रस्तावित प्रधानन्यायाधीश रााण

काठमाडौं, १७ पुस । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूले अघि सारेका कार्ययोजना पूरै पालना गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफूमाथि परेका उजुरी र सांसदहरुले गरेका प्रश्नको जवाफ दिँदै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

मङ्गलबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा राणाले संविधानको प्रस्तावनामा उल्लेख स्वतन्त्र न्यायापालिकाको भावनाअनुसार आफुले न्यायलय सुधारको कार्ययोजना निर्माण गरेर प्रस्तुत गरेको भन्दै न्यायलयबारे सञ्चारमाध्यमा धेरै गुनासा आएको, सेवाग्राहीको न्यायप्रतिको आस्था मर्न नदिने बताए ।

राणाले भने,‘आत्मा छोएर, बचनबद्ध भएर काम गर्नेर्छु, अदालत सधै विधिशास्त्रीय मान्यता र कानुनी प्रकृयाअनुसार नै काम गरिरहेको छ । अब पनि गर्छ ।’


ताजा खबर

Loading...
Loading...
Loading...