प्रधानन्यायाधीशमा राणाको नाम अनुमोदन, आजै शपथ गराउने

काठमाडौं, १७ पुस। संसदीय विशेष सुनुवाई समितिबाट प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम अनुमोदन भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले जबरालाई नेपालको २८ औं प्रधानन्यायाधीशका लागि सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। प्रधानन्यायाधीशमा भने नेकपाका सबै सांसदले उनलाई समर्थन गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आजै प्रधानन्यायाधीशको शपथ गराउने तयारी गरिएको छ । राष्ट्रपतिबाट सपथ लिएपछि जबराले प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने छन्।


ताजा खबर

Loading...
Loading...
Loading...