विश्वबन्धु थापाको खुलासा : ‘मोदीले चाहे ज्ञानेन्द्र पूनः राजा बन्न सक्छन्’ (भिडियोसहित)

काठमाडौं, १७ पुस । बरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाहे भने नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाह पूनः राजा बन्न सक्ने खुलासा गरेका छन् ।

सोमबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले यस्तो सनसनीपूर्ण खुलासा गरेका हुन् । उनले नेपालमा भारतकै कारण गणतन्त्र आएको पनि खुलासा गरेका छन् ।

नेपाललाई हिन्दूराष्ट्र बनाईए देश धनी हुने पनि उनको तर्क छ । उनले भने,‘संसारभरिबाट हिन्दू धर्मालम्बीहरु नेपाल भ्रमणमा आउँछन् । भारतीयहरु पनि धेरै धनी छन् । उनीहरु नेपाल भ्रमणमा आउँछन् । नेपाल हिन्दूराष्ट्र भयो भने नेपालको अलग्गै पहिचान हुने पनि थापाले विश्वास व्यक्त गरे ।

उनले भने,‘हामीले आफूले आफूलाई हिन्दूराष्ट्र भनिदिने हो भने दुनियाँभरिका हिन्दूहरुले हामीलाई माया गर्छन् । र, हिन्दूराष्ट्र भनेको यो रहेछ है भनेर दुनियाँभरिका हिन्दूहरु हामीकहाँ आउँछन् ।’ सगरमाथा नेपालको पहिचान भएजस्तै नेपालको अर्को पहिचान हिन्दूराष्ट्र पनि भएको उनको तर्क छ । त्यस्तै उनले राजा भएको भएपनि यो मुलुकमा धेरै पर्यटकहरु आउने उनको दाबी थियो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले लिएको विदेश नीतिका कारण देश नै बर्बाद हुन बेर नभएको पनि थापाले खतरा औंल्याए ।


ताजा खबर

Loading...
Loading...
Loading...