ज्यो. पं. डा. अधिकारीको भविष्यवाणी : ‘भारतमा फेरि मोदी प्रधानमन्त्री बन्छन्’ (भिडियोसहित)

काठमाडौं, १८ पुस । ज्योतिष आचार्य डा. रुद्रनाथ अधिकारीले मित्रराष्ट्र भारतमा फेरि पनि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी नै प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका छन् ।

मंगलबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा बोल्दै ज्यो. आचार्य अधिकारीले यस्तो दाबी गरेका हुन् ।उनले भने,‘भारतमा मोदीको विकल्प छैन । प्रान्तीय चुनाव हेरेर अहिले समिक्षा गर्न मिल्दैन । उहाँनै फेरि पनि भारतको प्रधानमन्त्री हुनुहुन्छ ।’

आफूले मोदी प्रधानमन्त्री हुनुभन्दा पहिल्यै नै ९ वर्ष ५ महिना भारतको प्रधानमन्त्री बन्नुहुन्छ भनेर भविष्यणवाणी गरेको सुनाउँदै भावी प्रधानमन्त्री पनि मोदी नै हुने उनको सनसनीपूर्ण भविष्यवाणी छ । आगामी चैत्रपछि भारतले नेपाललाई विशुद्ध धार्मिक आँखाबाट हेर्नेपनि अधिकारीको दाबी छ ।

उनले आगामी नोभेम्बरसम्म वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको योग बलियो रहेको पनि भविष्यवाणी गरेका छन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...