माछापुच्छ्रे बैंक र नेपाल मेडीसिटी अस्पतालबीच सम्झौता

बैंकका कर्मचारी तथा सेवाग्राहीलाई विशेष सहुलियत

काठमाडौं, १८ पुस । नेपाल मेडिसिटी अस्पताल र माछापुच्छ्रे बैंक बीच स्वास्थ्य प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका कर्मचारी तथा सेवाग्राहीलाई विशेष सहुलियत प्रदान गरिने भएको छ । माछापुच्छ्रे बैंकको मुख्य कार्यालय लाजिम्पाटमा गरिएको सम्झौतामा नेपाल मेडीसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र बैंकका डेपुटी सिइओ सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् ।

अस्पतालका महाप्रबन्धक विजय रिमालले बैंकका सेवाग्राहीलाई अस्पतालमा सम्भावित खर्चको व्यवस्थापनमा यस किसिमको सम्झौताले टेवा पुग्ने विश्वास दिलाए ।

कर्पोरेट क्षेत्रलाई मध्यनजर गरी गरिएका विभिन्न स्वास्थ्य सचेतना कार्यक्रमहरुलाई बैंकसंगको सहकार्यमा अघि बढाउन सकिनेसमेत रिमालको भनाई छ ।

माछापुच्छ्रे बैंकका डेपुटी सिइओ सन्तोष कोइरालाले बैंकका लाखौ ग्राहकहरुले नेपाल मेडिसिटीजस्तो नेपालको सुविधासम्पन्न अस्पतालमा विशेष सुविधा पाउने भएकाले यस सम्झौता धेरै फलदायी हुने विश्वास व्यक्त गरे ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...