तीन सय पचपन्न मुद्दा फछ्र्योट

सुर्खेत,१९ पुस । जिल्ला अदालतले पाँच महीनाको अवधिमा ३५५ मुद्दा फछ्र्योट गरेको छ । अदालतमा दर्ता भएका ८८६ मुद्दामध्ये ३५५ वटा फछ्र्योट भएको र ५३१ मुद्दा बाँकी रहेको अदालतका श्रेस्तेदार भुपाल भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार अदालतमा रहेका जम्मा मुद्दामध्ये ३६३ मुद्दा पुराना थिए । मुद्दा फछ्र्योटको कामलाई प्रभावकारी बनाइएको जिल्ला न्यायाधीश धुव्रकुमार शाहले बताउनुभयो । उहाँले अदालतमा पुराना मुद्दा बाँकी नरहेको जानकारी दिनुभयो ।

अदालतको तथ्यांकअनुसार एक वर्षदेखि १८ महीनासम्मका तीन थान मात्र मुद्दा फछ्र्योट गर्न बाँकी छ । दार्ता भएका अधिकांश मुद्दा जबर्जस्ती करणीका छन् । पाँच महीनाको अवधिमा ४४ जबर्जस्ती करणी २८ बहुविवाह, १० जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए ।

त्यसैगरी लागुऔषधका ३४, घरेलु हिंसाका १६ र बालविवाहका दुई मुद्दा दर्ता भएका उक्त अदालतले जनाएको छ। रासस


ताजा खबर

Loading...
Loading...
Loading...