इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको लगातार चौथो जित

काठमाडौं, १९ पुस। म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार चौथो जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले न्युक्यासललाई दुई शुन्य गोलले हरायो ।

न्यूक्यासलको घरेलु मैदानमा भएको खेल रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर ६४ औं मिनेटमा सब्सिच्युट खेलाडी रोमेलु लुकाकुले गोल गर्दै पाहुना टिम युनाईटेडलाई अग्रता दिलाए । त्यसपछि ८० औं मिनेटमा मार्कुस रासफोर्डले दोस्रो गोल गरे ।

जितपछि युनाईटेडका प्रशिक्षक गुनरले आफु क्लव छोड्न नचाहेको प्रतिक्रिया दिएका छन । खेलाडीले पछिल्ला चार खेलमा जस्तो प्रदर्शन गरेका छन, त्यो आफ्ना लागि निकै उत्साहजनक रहेको भन्दै सबै खेलाडीको खुलेर प्रंशसा गरे ।

एजेन्सीको सहयोगमा 

 


ताजा खबर

Loading...
Loading...
Loading...