‘प्रतिवेदनकै भरमा अहिले नै कसैलाई निलम्बन तथा कारबाही हुँदैन’

काठमाडौं, १९ पुस । सरकारले वाइडबडी विमान खरिद प्रक्रियाबारे लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदनकै भरमा अहिले नै कसैलाई निलम्बन तथा कारबाही नगर्ने स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले उपसमितिले लेखा समितिलाई प्रतिवेदन बुझाउनुअघि नै निचोड जसरी सार्वजनिक गरेकोमा असन्तुष्टि जनाए ।

यद्यपि समितिमा छलफल हुन बाँकी रहेको भन्दै उनले भने, ‘उपससमितिले प्रतिवेदन दिएकै छ । अब समितिले अब के भन्छ ? कसरी आउँछ ? त्यसपछि सरकारले पनि न्यायिक समिति बनाउन उपयुक्त हुन्छ भने हामी तयार नै छौं ।’

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...