‘सरकारले बल्ल जनताको अभिमतको सम्मान गर्यो’

काठमाडौं, १९ पुस । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजन्द्र महतोले रेशम चौधरीलाई सपथग्रहण गराएर सरकारले जनताको अभिमतको सम्मान गरेको प्रतिक्रिया दिएका छन् ।

विहिबार सिंहदरबारस्थित संसद सचिवालयमा रेशम चौधरीको सपथग्रहण पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महतोले लोकतन्त्रमा जनताको अभिमतको सम्मान गर्ने काम भएको बताएका हुन् । सरकारले ढिलै भएपनि जनमतको कदर गर्ने काम गरेकाले सपथलाई राम्रो सुरुवातको रुपमा आफूहरुले लिएको महतोको प्रतिक्रिया थियो ।


ताजा खबर

Loading...
Loading...
Loading...