न्यायाधीश जोशी अन्य जिम्मेवारीबाट पनि हटाइए

काठमाडौं २० पुस । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदभार सम्हालेको दोस्रो दिनमै न्यायपरिषदको बैठक राखी संवैधानिक इजलासको पुनर्गठन गरेका छन् ।

बैठकमा वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई भने उपस्थित गराइएन । उनी वरिष्ठतम न्यायाधीशबाट न्यायपरिषदका सदस्य रहेका थिए ।

जोशीलाई संवैधानिक इजलासबाट हटाइएको छ । त्यसैगरी परिषद बैठकले न्यायाधीश जोशीलाई मेलमिलाप परिषदका अध्यक्ष पदबाट फिर्ता बोलाइ न्यायाधीश ईश्वर खतिवडालाई जिम्मेवारी दिने निर्णय गरेको छ । –नागरिक दैनिकबाट

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...