यस्ता संविधान कति आउँछन् कति जान्छन्, राजपाले यो संविधान मान्दैन : झा

पुष २०, काठमाण्डौ । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद् रेशम चौधरीको सपथलाई लिएर चौतर्फी आलोचना भइरहेको छ । चौधरीको सपथले कानूनी राज्यको उपहास गरेकोसम्मका टिप्पणी भइरहेका छन् ।

राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले रेशम चौधरीलाई सपथ गराउँदैमा विरोध गर्नुको औचित्य नरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता झाले तर्क र कुरा जसले जे गरे पनि त्यसलाई जिब्रो चलाएको टिप्पणी गरे । उनले कुरो र कुलो जता लगे पनि जाने भन्दै अनावश्यक तर्कको पछि लाग्न आवश्यक नरहेको बताए ।
संविधानअनुसार चौधरीको सपथ गलत भयो नि भन्ने धमलाको प्रश्नमा झाले आफूहरुले अहिलेको संविधान नै नमानेको जिकिर गरे ।

यद्यपी सरकारले चौधरीलाई किन सपथ गरायो भनेर सरकारलाई नै सोध्नुपर्ने झाले बताए ।

“यस्ता संविधान कति आउँछन् कति जान्छन् । ९० प्रतिशत मधशी जनताले विरोध गरेको संविधान हो । राजपाले यो संविधान मान्दैन ।” झाले भने ।

जबरजस्ती लादिएको संविधान भएकाले मान्ने पर्छ भन्ने नभएको झाको तर्क छ । आफू संविधानअनुसार निर्वाचित भएको नभै जनताले जिताएको तर्क गरे ।

संविधानअनुसार सपथ खाएर संविधान मान्दिन भन्न मिल्छ भन्ने प्रश्नमा उनले सपथ त औपचारिकता मात्रै भएको बताए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...