बुम महिला बास्केटबल शनिबारदेखि

काठमाडौँ,२० पुस । तेस्रो बुम महिला बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।नेशनल क्रिएटिभ को–एजुकेशनल एनसिसिएस र विशाल मिलन केन्द्र बिएमकेको संयुक्त आयोजनामा हुने प्रतियोगितामा छ टोलीको सहभागिता रहने कार्यक्रम संयोजक राजु आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन साइपाल क्लब, एनसिसिएस, बिएमके, काठमाडौँ नर्थ प्वाइन्ट क्लब, समृद्धि गोरिल्लाज र जेभियरले प्रतिष्पर्धा गर्नेछन् ।

राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुने खेलको शीर्ष चार स्थान हात पार्ने टोलीमध्ये पहिलो र दोस्रो हुनेले फाइनल प्रवेशका लागि खेल्ने छन् । यसमा पराजित हुनेले पुनःफाइनल पुग्न तेस्रो र चौथो स्थानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता सञ्चालन गर्न करीब रु दुई लाख ५० हजार खर्च हुने अनुमान आयोजकको छ । आठदिने प्रतियोगिताका खेल चण्डोलस्थित बिएमकेको कोर्टमा हुनेछ ।रासस


ताजा खबर

Loading...
Loading...
Loading...